अपरिपक्कतामा फुलेका सुनौला फूलहरुलाई
छोटो अनुभवका लहराहरुले
फन्को मारी जोगाएको बगैँचाभित्र,
परेलीहरु जोड्दा अँकुराएका टुसाहरु
परेली खोलेर सिँचन गर्दा,
चौघेराका कोसेढुङ्गा सहित
बगाएर तल पुर्याएपछी
बल्ल बोध हुनेछ,
"सपना"
तिमिलाइ छुन बनाएको रहेनछ।
तिम्रो अस्पष्ठ स्वरुप कतै क्षितिजमा देखेर,
आमाले पोको पारिदिएको मकै र भट्मास बोकी,
रातको वाटोमा आफुलाई विलीन गराउँदा,
गोडाहरु थाक्नेछन्, पोको रित्तिनेछ,
डाँडाहरु अझै थपिनेछन्, उकालो बढ्दै जानेछ,
घामको पछ्यौराले तिमीलाई ढपक्क ढाक्नेछ,
अनि, बल्ल बोध हुनेछ
"सपना"
तिमि सपनामै देखिएकी सपना हौ भनेर।
आमाले पोको पारिदिएको मकै र भट्मास बोकी,
रातको वाटोमा आफुलाई विलीन गराउँदा,
गोडाहरु थाक्नेछन्, पोको रित्तिनेछ,
डाँडाहरु अझै थपिनेछन्, उकालो बढ्दै जानेछ,
घामको पछ्यौराले तिमीलाई ढपक्क ढाक्नेछ,
अनि, बल्ल बोध हुनेछ
"सपना"
तिमि सपनामै देखिएकी सपना हौ भनेर।
Post a Comment
0Comments