जुत्ता

Manoj Sapkota
By -
0

उमेर त उसको पनि थियो कुनै
समय थियो, बैँस र रुप थियो
इच्छा र सपना थियो
तर सबै सुम्पियो दास बनेर
आफ्नो सर्वस्व चटक्कै भुलेर
तिम्रो पाउभन्दा तल किचिइरह्यो जीवनभर।
उज्यालो भनेन, अँध्यारो भनेन
उकालोओरालो भनेन
धुलो र झरी भनेर
सुमसुम्याइरह्यो तिम्रो पैताला
न उ कुनै दिन ऐया गर्यो न त तिमिले नै हालखबर सोध्यौ
मात्र चढिरह्यौ,
किचिरह्यौ
उ चुप बसिरह्यो।
लामा यात्राहरु पार गर्यौ उसकै भरमा,
डाँडाहरु उसले पनि काटेकै हो,
अजङ्गको भारी बोकेकै हो
पीडाले आमाsss भन्न खोज्दा
तिमिले मुख सिलाइदियौ,
प्यासको घुड्कीले घाँटी भिजायो,
थकाइको गांसले भोक मेटायो,
तर जब रात पर्यो, तिमी बाक्लो बिछ्यौनामा स्वांssस्वांss निदाइरहंदा
उसलाइ चिसो छिंडीमा उभ्याइरह्यौ,
बिचरो चुप नै बस्यो।
आज उसको शरीर
छियाछिया भएको छ,
ढाड कुप्रीएको छ,
अंग भंग भएको छ,
गाला चाउरिएको छ,
जिउमा हाड मात्र बचेको छ,
तर आलै छ, हृदयको घाउ,
अपुरो सपना  र त्यसले जन्माएको एक मुठी प्रतिशोध।
एकपटक हेर उसको सिरदेखी पाउसम्म,
तिम्रो खस्रो पैतालामा बिझ्ने वर्सौंदेखीका कांडाहरुले
उसको कोमल मुटुमा अहिलेपनि घोचिरहेकाछन्,
तिम्रो यात्राभरका पदछापहरु उसले पिठ्युँमा बोकिराखेको छ।
तिमिलाइ उभ्याउन उ सयौं पटक मर्दै आएको छ।
२०७३ कार्तिक २१
Tags:

Post a Comment

0Comments

Post a Comment (0)