किन सोध्नु कहाँनेर दुख्यो भनेर?

Manoj Sapkota
By -
1

चोटले निरीह बन्दै
चिसो छिँडीमा लम्पसार परिरहेको बेला,
खस्रा पाउँछु ती कोमल हातहरु,
ज्याद्रो लाग्छन् मिठा शब्दावलीहरु
अनि शंकालु लाग्छन् मृगनयनीहरु ।

सक्दिनौ मेरो मन सितलो पार्न,
रगत बग्दै गरेको आलो घाउमा
बोकेझार थिचेर रस चुहाइदिन,
तिमिलाइ त उही रुमालकै माया छ,
सक्दिनौ एक छेउ च्यातेर बांधिदिन
त किन सोध्नु कहाँनेर दुख्यो भनेर ?

Post a Comment

1Comments

Post a Comment