केही हाइकुहरु

Manoj Sapkota
By -
0

१.
भिरको बाटो,
भत्किगयो बर्षाले,
टेक्ने अखेटो ।

२.
के पाइस् दैव ,
टाउकोमा बजारी ,
अचेत पारी ?

३.
सम्झिँदै पोल्ने ,
नसहेर नहुने,
भाग्यमा बज्र ।

४.
फाटेको भुमी ,
टालेर नटालिने ,
मिठा शब्दले ।

५.
भोटको यात्रा,
कल्पनाको महल,
दुष्ट भुकम्प ।

२०७२, असार १५

Post a Comment

0Comments

Post a Comment (0)