केही मुक्तकहरु

Manoj Sapkota
By -
0

१.
पहिले कोल्टो फर्कनु तब मात्र बामे सर्नुपर्थ्यो,
पहिले सगर चम्कनु तब मात्र पानी पर्नु पर्नुपर्थ्यो,
लजायौ तिमी, न त म नै खुल्न सकेँ,
पहिले हात पक्डनु तब मात्र जँघार तर्नुपर्थ्यो।

२.
पालुवा पलाउंदैनन् , पातहरु मात्र झर्छन् किन,
प्राप्त केही हुंदैन, आशाहरुमात्र मर्छन् किन,
उनको तस्बिर कोर्न ठिक्क पारेको यो सेतो पर्दामा,
अरु नै आएर जथाभावी आफै रङ भर्छन् किन ?

३.
कहिल्यै पूरा नहुने सपना चाहियो किन ,
सधैं निराशातर्फ डोर्याउने कल्पना चाहियो किन,
आफ्नै नियतीले आफैमाथी राजनिती गर्छ भने,
गर्नु केही छैन त कामना किन चाहियो?

४.
पानी पर्दा ओड्ने छाता एउटै होस् ,
बिरहमा गाउने गाथा एउटै होस् ,
अरु मलाइ केही चाहिएन प्रभु,
तिम्रो मेरो नियती लेख्ने बिधाता एउटै होस् ।

Post a Comment

0Comments

Post a Comment (0)