असन्तुलन

Manoj Sapkota
By -
0


सगर चुम्ने अभिलाषामा लालयित
गलेका गोडाहरुले पछ्याउँदै गरेका,
अबिरल पाइलाहरु,
सयौं घुम्तीहरु मोडेर डाँडाको शिखरमा पुग्न खोज्दा
बाउँडिएका पिड्यौलाहरुले तिर्खाएको मनसङ्ग मित्रता गांस्न पुगे।

तन र मनको असन्तुलनमा
रम्न सिकेका बिच्छृङ्खलित चाहनाहरुको सहरमा,
मुसलधारे पानीमा रुझ्दै, अत्तालिँदै, भाग्दै गरेको एउटा बिबस सपनाले
के छिचोल्न सक्थ्यो र
ती सांघुरा गल्लीहरु,
कसरी पहिल्याउन सक्थ्यो र आफ्नो बाटो...

Post a Comment

0Comments

Post a Comment (0)