हिजो आज गाउनै छाड्यो

Manoj Sapkota
By -
0
हिजो आज गाउनै छाड्यो गीत रेडियोले , 
गांसेछ कि साइनो कसै सित रेडियोले|

मधुर धुनले ब्यग्र पार्थ्यो आधा रातमा पनी,
प्रसारणनै बन्द गर्‍यो कि त रेडियोले| 

जहाँ हुन्छु, त्यहीं लान्छु याद आउने सार्है,
अरुलाइ झैं लाउला थियो प्रित रेडियोले|

मेरो कान दोषी हो कि उसको आवाज उस्तो, 
अन्तरमनको मारेन खै धित रेडियोले|

हिजो आज गाउनै छाड्यो गीत रेडियोले, 
गांसेछ कि साइनो कसै सित रेडियोले|
Tags:

Post a Comment

0Comments

Post a Comment (0)