सपनाका बल्यानीहरु

Manoj Sapkota
By -
0


जति चढ्न खोज्छु,
बढ्दैजान्छन दिनानुदिन,
तिम्रो मनका ऊकाला सिँढीहरु।
खै के गरेर पुरा गरौँ,
तिम्रो मानसपटलमा छिर्ने तिब्र मेरो चाहना,
के-कसरी काबुमा राखुँ,
दुखीरहेको मुटुमा लगाऊने मलमरुपी तिम्रा कोमल औँलाहरु।
सोच्छु,
गुडुल्कीएर आऊँछन्, तिमीसँगै बिताएका ति पलहरु,
बाढि बनेर आऊँछन्, मुसल्धारे सपनाका बल्यानीहरु।

Post a Comment

0Comments

Post a Comment (0)